काठमाडौ । अफगानिस्तानमा तालिबान र सरकारी सुरक्षाफौजबीचको भीडन्तमा २७ बालबालिकाले जीवन गुमाएका छन् । तालिवान र सरकारी सुरक्षाफौजबीचको भीडन्तमा ३ दिनमा २७ बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ। दुई पक्षको लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएका छन्। विदेशी सैनिकले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ।
