कोरिया जाने खर्च बढ्ने

२६ श्रावण २०७८, मंगलवार ०९:०४

काठमाडौं । कोरियन भाषा पास गरेका श्रमिकलाई कोरिषको शर्त अनुसार पठाउँदा खर्च बढेने भएको छ । कोरियाले श्रमिक लिनका लागि विभिन्न शर्त अनुसार लाग्ने खर्च श्रमिक स्वयंले व्यहोर्नुपर्ने भनेकाले लागत बढ्ने भएको हो ।

कोरोना भाइरस (कोभिड–१९ ) पछिको अवस्थामा कोरिया जाने श्रमिकले अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने र सिधै कोरियाको उडान आउनुपर्ने शर्त राखेको छ । यस्ता शर्त पूरा गरेर मात्रै कोरिया जान पाइने र त्यसका लागि लाग्ने सम्पूर्ण खर्च श्रमिकले नै व्यहोर्नुपर्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनु भएको छ ।

महानिर्देशक दवाडीका अनुसार शर्त पूरा गरेपछि श्रमिक जान पाउने भन्ने होइन तर शर्त पूरा नगरेको खण्डमा भने नलैजाने हो । कोरियाले राखेको शर्त पालना गरेर श्रमिक कोरिया पठाउने व्यवस्था गर्नका लागि राष्ट्रियसभाको सरकारी आश्वासन समितिले पनि निर्देशन दिइसकेको दवाडीले बताउनु भयो । प्रभाव दैनिकमा खबर छ ।