काठमाडौं । मुलुकको नेतृत्व गरिएको पार्टी नेपाली कांग्रेस वैधानिक संकटमा पर्ने भएको छ । कांग्रेस महाधिवेशनको कारण संकटमा पर्न लागेको हो । भदौ १६ गतेदेखि १९ गतेसम्मका लागि तोकिएको १४ औ महाधिवेशन निर्धारित समयमा नहुने स्थिति देखिएपछि कांग्रेसमा संकट उत्पन्न भएको हो ।
पार्टीको वैधानिकता जोगाउन वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षले कांग्रेसभित्र विशेष महाधिवेशन प्रस्ताव गरेको थियो । तर सभापति शेरबहादुर देउवा पक्षले भने पौडेल पक्ष त्यसलाई प्रस्तावलाई अस्वीकार गरेपछि विशेष महाधिवेशन च्याप्टर क्लोज भएको छ । विशेष महाधिवेशन च्याप्टर क्लोजसँगै काग्रेसमा वैधानिकता सकट हुन लागेको हो । सोमबार महाराजगञ्जस्थित महामन्त्री डा शशांक कोइरालाको निवासमा बसेको पौडेल पक्षको बैठकले विशेष महाधिवेशन नभई ‘फास्ट ट्र्याक’बाट महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेको छ ।
बैठकपछि प्रतिक्रिया दिदै वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता टुंगिनासाथ प्रक्रिया छोट्याएर १४ औं महाधिवेशन गर्ने निष्कर्ष निकालेको जानकारी दिनुभएको छ । उहाँले संस्थापन पक्षले महाधिवेशन गर्न चाहे छोटो प्रक्रियाबाट केहीदिनमै पार्टीको वैधानिकता जोगाउन सकिने बताउनुभयो । ‘अझैपनि १, २ दिनमा क्रियाशीलको समस्या समाधान गरौ । समाधान भएन भने जहाँको हुँदैन त्यहाँको थाती राखेर पुरानै सदस्यता कायम राखेर महाधिवेशनमा जाऔं । संविधान निर्माण गर्दा पनि प्रक्रिया छोट्याएका थियौं, केही प्रक्रिया छोट्याएर अहिले पार्टीलाई असंवैधानिक हुनबाट जोगाऔं’, वरिष्ठ नेता पौडेलको भनाई छ ।
