
काठमाडौं। नेकपा (एमाले) पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको। भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहनुभएका नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो। प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो। केही समय अस्पतालमै आराम गरेपछि नेता खनाल स्वदेश फर्कने पारिवारिक श्रोतले जनाएको छ।
यस अघि (एमाले) पार्टीका प्रमुख, पूर्वप्रधानमन्त्री केपि शर्मा ओलिले पनि मिर्गौला प्रत्यारोपण गराउनुभएको थिय। उनले भने नेपालमै प्रत्यारोपण गराएर निकै चर्चा बटुलेका थिए।
