काठमाडौंमा सभा, सम्मेलन र जुलुस नगर्न जिल्ला प्रशासनको आग्रह

१९ श्रावण २०७८, मंगलवार १५:३२

 

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय भीडभाड हुने क्रियाकलाप बढेको भन्दै यस्ता गतिविधि नगर्न सचेत गराएको छ ।

प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विज्ञप्ति निकाल्दै कोरोना संक्रमणको उच्च जोखिम रहेका बेला पनि विभिन्न सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍याली जस्ता गतिविधि भइरहेको भन्दै यसले संक्रमण अझै बढ्नेमा सचेत गराउनुभएको हो ।

भीडभाडयुक्त गतिविधिले कोरोना संक्रमण अझ उच्च हुन गई तेस्रो लहर आउन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य मापदण्ड विपरीत यस्ता गतिविधि नगर्न प्रजिअ पराजुलीले आग्रह गर्नुभएको छ ।

प्रशासनको आग्रह अटेर गर्नेमाथि कडा कार्वाही गरिने चेतावनी दिँदै पराजुलीले लेख्नुभएको छ, ‘जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे/गराइएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।’