अर्घाखाँचीमा चन्द्रबहादुर खड्काद्धारा डा. कपिल गौतममाथि दुर्व्यवहार, कारबाही गर्न माग

१४ श्रावण २०७८, बिहीबार १३:३७

अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालले प्रमुख डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वललाई कारबाही गर्न माग गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र अस्पताल प्रमुख डाक्टर कपिल गाैतमले बिहीवार एक विज्ञप्ती जारी गरी डा. गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गर्ने खड्कालाई कारबाही गर्न माग गरेको हो ।

जारी विज्ञप्ती भनिएको छ; खड्काले गरेको दुर्व्यवहारले अस्पतालका डाक्टर तथा कर्मचारीहरु अशुरक्षित भएको बताइएको छ । साथै उता प्रहरी प्रशासनले घटनाको अनुसन्धान गर्ने भएको स्रोतले बतायो । खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा बुधवार अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका थिए । खड्काले कोरोना संक्रमित आफ्नो आमालाई जिल्ला अस्पतालबाट रिफर गरि काठमाडौं लैजाने क्रममा सो व्यवहार गरेका थिए । साथै खड्काले एम्बुलेन्समा लात्ती प्रहार गरेका थिए ।

साथै अस्पताल स्रोतका अनुसार डा.गौतम आज मेडिकल डियुटीमा नभएता पनि जिल्लाबाट पुर्व राष्ट्रिय सभाको सदस्य भएको नाताले आफै अक्सिजन मिलाउन एम्बुलेन्समा चढेको बखत एक्कासी एम्बुलेन्सको ढोका बन्द गरि यसलाई पनि काठमाडौं लगेर हिड यिनी डाक्टरको काम छैन भनी मानसिक तनाव दिनुका साथै एकछिन एम्बुलेन्समा थुनेका थिए। डा. गौतमलाई स्थानियबासीहरुले एम्बुलेन्सबाट उद्दार गरेका थिए । उनलाई ८ मिनेट जती एम्बुलेन्समा थुनेको स्थानियबासीहरुले बताएपनि स्पष्ट हुन सकेको छैन् ।

त्यस्तै डियुटिमा खटिएकी डा.पुजा पन्तलाई त को होस ? भन्दै अभद्र दुर्व्यवहार गरेको र रिसमा डाक्टरहरूलाई तथनाम गालिगलौज गर्दै एम्बुलेन्सलाई लात्तीले हानेको प्रत्यक्षदर्शीले बताएका थिए । डा. गाैतमले भने “स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहार गर्नुका साथै अक्सिजन मिलाईदिन भित्र पठाएर एम्वुलेन्सभित्र केहिबेर मलाई थुन्नुभाे ।” “बिरामी बाेक्ने पवित्र एम्वुलेन्सलाई लात्ताले हिर्काउनुभाे ।”

स्वास्थ्यकर्मीहरुकाे मनाेवल गिर्नेगरि सम्मानित व्यक्तिबाट व्यवहार हुँदा आफुलाई निकै दुख लागेकाे गाैतमले बताए । केही असामान्य व्यवहार सहित हामीमाथि दुर्व्यवहार भएकाे हाे ।” गाैतमले भने “तर हातपात नै भएकाे र भाैतिक आक्रमण भएकाे अवस्था चै हाेइन । साथै अस्पतालमा डाक्टरहरुले विरामीलाई अक्सिजन दिएर राम्रो उपचार गरेको बताएका छन् । खडकाले किन यस्तो व्यहवार प्रदर्शन गरे भन्ने कुरा अझै अनविज्ञ रहेको छ। अर्घाखाँचीडट्कमले खडकालाई सम्पर्क प्रयास गर्दा सम्पर्क हुन सकेको छैन।तथापि यस विषम परिस्थितिमा जिम्मेवार पङ्क्तिबाट नै यसरी स्वास्थ्यकर्मी माथि भएको मानसिक दवाव एंव अभद्र व्यहवारले स्वास्थ्यकर्मीको मनोवलमा आच आउने निश्चित देखिन्छ ।

उता अर्घाखाँची जिल्लाबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्र बहादुर खड्का (उज्ज्वल) को नेकपा एमालेमा प्रवेश गरेपछि पद गएको थियो । पुन: जेठ ६ गते उपचुनावमा पराजित भएका थिए ।