
सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले नेता चन्द्रबहादुर खड्का उज्वलले अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका छन् ।
खड्काले आफ्नी आमा कोरोना संक्रमितलाई काठमाडौं रिफर गर्ने सिलसिलामा बुधवार अर्घाखाँची अस्पतालका डा. कपिल गौतमलाई एम्बुलेन्स भित्र थुनेर दुर्व्यवहार गरेका हुन् ।
साथै खड्काले डा. गौतमलाई ८ मिनेट एम्बुलेन्समा थुनेका थिए । उनलाई पुन: अर्को पटक यसलाई पनि काठमाडौंमा पठाईदेउ भन्दै एम्बुलेन्समा हालेका थिए ।
साथै खड्काले डिउटीमा रहेको डा। पूजा पन्त माथि पनि अब्रद्र व्यहार गरेका थिए । उनलाई त, त भन्दै दुर्व्यवहार गरेका थिए ।
साथै अस्पतालमा डाक्टरहरुले अक्सिजन दिएर राम्रो उपचार गरेको बताएका छन् ।
