रवीन्द्र मिश्रको प्रस्ताव- संघीयता खारेजी, धर्मबारे जनमत संग्रह (दस्तावेजसहित)

११ श्रावण २०७८, सोमबार १८:०८

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीको प्रस्ताव गर्नुभएको छ ।

‘मार्ग परिवर्तनः विचारभन्दा माथि देश’ नामक दस्तावेजमार्फत मिश्रले आफ्नो प्रस्तावलाई छलफलका लागि सार्वजनिक गर्नुभएको हो । उहाँले स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रहको प्रस्ताव गर्नुभएको हो ।

मिश्रले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत बनेको, नेपालको अखण्डताका लागि पनि घातक बनेको र नेपालका प्रमुख संस्थाहरूलाई क्षयीकृत गर्ने अर्को कडी भएको जिकिर गर्नुभएको छ ।

विप्लव समूहले संसदीय व्यवस्था कि समाजवाद रोज्ने भन्नेबारे जनमत संग्रहको प्रस्ताव अगाडि सारेका बेला विवेकशील साझा पार्टीका संयोजक समेत रहेका मिश्रले संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउँदै जनमत संग्रहको माग अगाडि सार्नुभएको हो ।

यस्तो छ ‘मार्ग परिवर्तनस्विचारभन्दा माथि देश’ नामक मिश्रको प्रस्ताव