
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता विवादबारे आज निर्णय लिने भएको छ । आयोगले आज ११ बजे पार्टीको आधिकारिकता टुंगो लगाउन केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ । जसपामा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच देखिएको पार्टी आधिकारिकताको विवादलाई ‘हेड काउन्ट’ नीति लिएर आयोगले टुंग्याउन लागेको छ ।
योबीचमा दुवै पक्षले एक अर्कालाई गरेका कारबाही निर्वाचन आयोगले विधि–विधानसम्मत नभएको भनेपछि निष्प्रभावी भएका थिए । जसपालाई एकताको अवस्थामा पुर्याएर आयोगले मिलेर आउन आग्रह गरेपनि सँगै बस्न सक्ने परिस्थिति नभएको भन्दै दुबै पक्षले पार्टी आधिकारिकतामाथि दाबी माग गरे ।
सोही अनुसार आज आयोगले पार्टीको कार्यकारिणी समितिका सदस्यको ‘हेड काउन्ट’ गरे आधिकारिकता टुंग्याउँदै छ । यतिबेला कार्यकारिणी र संसदीय दलमा पनि यादव पक्षको प्रस्ट बहुमत देखिएको छ ।
त्यसमा तलमाथि हुन नदिने यादव पक्षले ३२ जना केन्द्रीय कार्यकारिणी सदस्य १८ जना प्रतिनिधिसभा र २ जना राष्ट्रिय सभाका सांसदलाई रिसोर्टमा राखेका छ
