
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेकाे कार्यदलमा एक सदस्यले जनाएका छन् । कार्यदलका सदस्यसमेत रहेका नेता शंकर पोखरेलले नेता नेपालले कार्यदलको प्रतिवेदन अस्वीकृत गरेको बताए ।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो ।”
अज बिहान पाेखरेलसहितका कार्यदलका नेताहरूले नेता नेपालकाे निवासमा छलफल गरेका थिए । १० बुँदे सहमति कार्यान्वयन गराउन भन्दै कार्यदलमा रहेका नेताहरूले छलफल गरेका थिए ।
