एमाले स्थायी कमिटी बैठक शुरु

३ श्रावण २०७८, आईतवार १३:१६

 

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरु सहभागी छैनन् । यस्तै, उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा अनुपस्थित छन् ।

एमालेको केन्द्रीय कमिटीको बैठक भोलिका लागि आह्वान गरिएको छ । त्यसैको तयारीस्वरुप स्थायी कमिटीको बैठक बसेको बताइएको छ ।