कृष्णगोपाल श्रेष्ठविरूद्ध रूपा सुनारले प्रहरीमा दिएको जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

३१ असार २०७८, बिहीबार १९:५२

काठमाडौं । सर्वोच्च अदालतले पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रूपा सुनारले प्रहरीमा दिएको जातीय भेदभाव विरूद्धको जाहेरी दर्ता गर्न अन्तरिम आदेश दिएको छ।

न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले रूपा सुनारले दिएको रिटमा सुनुवाइ गर्दै भनेको छ- निवेदिकाले श्रेष्ठविरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकोले सो जाहेरी दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान   गराउनू।