मन्त्रिपरिषद्को बैठक बस्दै

३१ असार २०७८, बिहीबार १३:५१

sf7df8f}F, #) c;f/ . k|wfgdGqL z]/axfb’/ b]pjf, dlGqu0f ;’/Iff lgsfo;lxtsf] sf]le8 !( lgb]{zg ;ldltsf] a}7s l;+xb/af/df a:b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;

 

 काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । देउवाले दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराएका थिए । आजको बैठकबाट केही महत्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको नयाँ मन्त्रिपरिषद्को यो दोस्रो बैठक हो । बैठकले केही महत्वपूर्ण निर्णयहरु लिने बताइएको छ । यसअघि, सरकार गठन भएको दिन गएको मंगलबार मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।