
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटवार्ता गरेका विप्लवले बिहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न उनी कोटेश्वर पुगेका थिए ।
विप्लवले कोटेश्वरमा प्रचण्डसहित नेता नेपालसँग छलफल गरेका हुन् । माधव-विप्लव भेटका क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पनि उपस्थित भएको उनको सचिवालयले जनाएको छ । महासचिव विप्लवले बुधबार प्रचण्डसँग मात्रै उनकै निवासमा भेटवार्ता गरेका थिए । प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक विषय र आफ्नो पार्टी र सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयन सम्बन्धी छलफल भएको विप्लवको सचिवालयले जनाएको छ।
