
पञ्चाङ्ग । २०७८ साल आषाढ ३१ गते विहिबार ,तदानुसार १५ जुलाई सन् २०२१ । तिथि -: आषाढ शुक्ल पञ्चमी (०७:३५ पछि षष्टि ) नक्षत्र उत्तर फाल्गुनी । करण -: बालव । योग -: वरियन रहेको छ । आज सुर्योदय बिहान ०५: १८ बजे र सुर्यास्त बेलुका : ०७: ०२ मा हुनेछ । चन्द्रमा सिंह राशिमा(०९:५५ सम्म ) भ्रमण गर्नेछन् । शुभकार्यको लागि -: विहान ११:२१ देखि १३:०५ सम्म राम्रो रहेकोछ ।
मेष राशि -: (चु ,चे,चो, ला, लि, लु, ले, लो,अ) पढाइमा निकै कमजोरी महशुस होला। काममा साथ दिने भन्दा फसाउने हरुको बिगबिगी होला । सिधै अरुको विश्वास नगर्नु नै वेशहोला । आफन्त हरुको सल्लाह अनुसार काममा अघि बढ्नु अन्यथा दु:ख पाइएला । सामान चोरि हुने वा हराउने सम्भावना देखिन्छ । धेरै मेहनत गर्दा पनि सफलता हात नपर्दा मनमा तनाव हुनेछ ।
वृष राशि -: (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो ) आर्थिक प्रगति हुनेछ ।दिर्घकालिन योजनाले दिगो रुप लिनेछ । महत्त्वपूर्ण योजनामा लगानी गर्ने समय रहेकोछ । व्यापार व्यावसायमा निकै राम्रो होला ।नोकरीमा रहेकाको लागि मध्यम तर केही गहन जिम्मेवारी पाइनेछ ।विभिन्न अवसर हरुले साथ दिनेछन् ।
मिथुन राशि -: ( क, कि, कु, घ, ङ,छ,के को ह ) समाजमा आफ्नो सान स्थापना गर्न सकिनेछ । व्यापार व्यावसाय राम्रो हुनेछ सोंचेको भन्दा बढि फाइदा हुनेछ । पुरानो फसेको रकम उठ्नाले मन खुसी हुनेछ। आम्दानी राम्रो हुनेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ ।पढाइ ठिकै तरिकाले चल्नेछ ।
कर्कट -: ( हि,हु,हे,हो,डा,डि,डु,डे,डो ) साना तिना कामको झंझटले ठुला काम गर्ने फुर्सद नहुन सक्छ । तपाईंको अहंकारको कारण हुन लागेको काम मा अवरोध आउला । तपाईंको स्वास्थ मा समस्या आउने र आलस्यता को कारण काममा मन नजान सक्छ । तर व्यापार बाट भने फाइदा हुनेछ ।जवाफदेही कामबाट जस पाउने योग छ ।पढाइमा मध्यम होला ।
सिंह राशि -: ( मा,मि,मु,मे,मो,टा,टि,टु,टे ) अत्याधिक मेहनत र परिश्रमले मात्र काममा सफलता मिल्नछ । एक्कासि स्वास्थ्यमा समस्या देखिम सक्छ । छाति र पेटको समस्या ले खर्च बढाउला । बोलिको कारण वाद विवादमा फसिनेछ । आम्दानी र खर्चको हिसाब गर्दा खर्च धेरै आम्दानी थोरै निस्कनेछ । पढाइमा भने सुधार हुनेछ ।
कन्या राशि -: (टो,प,पी,पु,ष,ण,ठ,पे,पो ) तपाईंका मनले आँटेको व्यावसायिक क्षेत्रमा लगानि बढाउने समय रहेकोछ । व्यापारमा सोंचेअनुसारको फाइदा हुनेछ । पुराना रोकिएका काम छन् भने निरन्तरता दिने वेला रहेकोछ ।पढाइमा प्रगति हुने देखिन्छ । नोकरी मा पनि राम्रो थप जिम्मेवारी प्राप्त हुने देखिन्छ । कुनै नयाँ जागिर को आवेदन दिदै हुनुहुन्छ भने आज राम्रो दिन रहेकोछ ।रमाइलो सानो यात्रा हुनेछ
तुला राशि -: (रा,री, रु, रे, रो, ता, ती, तु, ते ) नोकरी बाट मान सम्मान मिल्ने योग रहेकोछ माथिल्लो स्तरको विशिष्ट व्याक्ति संगको सम्बन्ध ले ठुला काममा सहजता होला ।राम्रो आम्दानी गर्ने समय रहेको छ । नयाँ व्याक्ति संगको नाता सम्बन्ध जोडिन सक्छ ।गुरु आशिर्वाद ले तपाइँको निकै राम्रो लाभदायक काम बन्नेछ । घर सल्लाह बाट गरेको शुरु गरेको कामले दिगो फाइदा होला। वा गुरु सल्लाह बाट गरेको कामले पनि राम्रो हुनेछ । पढाइ राम्रो रहेकोछ ।
वृश्चिक राशि -: ( तो,ना,नि,नू,ने,नो,या,यी,यु ) रोजगारीका लागि राम्रो समय रहकोछ सानो प्रयासले काम बन्नेछ । आम्दानी का श्रोत हरु फेला पर्नेछन् । गरेको कामले उचित मुल्यांकन हुनेछ । सोंचेका कामहरु सफल हुनाले मनमा हर्ष बढ्नेछ । आफन्त को सहयोग पाइनेछ । पढाइ राम्रो हुनछ । भौतिक साधनको प्राप्तिको योग छ ।
धनु राशि -: ( ये,यो,भा, भी, भु , ध, फा, डा,भे ) परिश्रम अनुसारको फल प्राप्त नहुनाले मन खिन्न होला । काममा आश्वासन दिने व्याक्तिको पछि नलाग्नु पछि धोका खाइएला । नोकरी र व्यापारीक कामको लागि दौडधुप र धन खर्च धेरै होला । काममा सफलता भित्र्याउन धेरै मेहनत को खाँचो पर्नेछ ।
मकर राशि -: ( भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे, खो गा गि ) खानपिनमा ध्यान नजादा पेटको समस्या देखापर्छ। घरायसी खर्च बढ्नाले मनमा तनाब उत्पन्न हुनेछ । स्वस्थ्य को समस्या समाधानको लागि दौडधुप गर्नुपर्नेछ ।सामाजिक कार्यमा सहभागी हुन योगछ । बोल्दा बिचार गरेर मात्र बोल्नुपर्छ अन्यथा विवादमा फसिएला ।
कुम्भ राशि -: ( गु,गे,गो,सा,सी,सु,से,सो,द ) धार्मिक यात्राको योग रहेकोछ । मनमा हरेक काम गर्दा हतारको अनुभुती होला ।पुराना इष्ट मित्र संगको भेटघाट तथा सम्बन्धले रोकिएका काम बन्नेछन् । पढाइ राम्रो होला ।कृषिकार्य बाट राम्रो फाइदा हुनेछ ।आम्दानीको श्रोतहरु फेला पर्नेछन् ।
मीन राशि -: ( दी,दु,थ,झ,ञ,दे,दो,चा,ची ) आफन्त को सहयोग मा व्यावसाय अघाडि बढ्नेछ । काममा रुचि बढ्ला । सवारीसाधन वा भौतिक वस्तुको आयात हुनेछ । पढाइ राम्रो हुनेछ । मान सम्मान प्राप्तिको योग रहेकोछ । काम दाम र सम्मान तिनै चिजले साथ दिनेछ । दिन राम्रो रहेको छ ।व्यावसायमा राम्रो फाइदा होला।
सम्पूर्ण राशिहरुका व्याक्तिहरुले काम सफल बनाउनका लागि ॐ वृम् वृहस्पतिय नम: वा लक्ष्मी नारायण को स्मरण गरेर काम शुरु गर्नु राम्रो हुनेछ ।
थप जानकारी को लागि
ज्यो.प.टिकाराम घिमिरे
सभापति – दक्षिण एसियाली ज्योतिष महासंघ वाग्मती प्रदेश
फोन नं. – ९८५७०२३८०२ वा ९८१३७५६६०२
फेसवुक – Astro.Tikaram Ghimire .
