बाढीले मेलम्ची बजारका घर पुरे (तस्वीरहरू)

२ असार २०७८, बुधबार ०८:१४

काठमाडौं । लगातारको वर्षापछि सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले घर, पुललगायत संरचनामा क्षति पुर्‍याएको छ।मंगलबार साँझ आएको बाढीले हेलम्बुमा रहेको शसस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प बगाएको छ।बाढीले मेलम्ची बजारमा धेरै क्षति पुर्‍याएको छ।

नदी आसपासका क्षेत्रका संरचनामा क्षति पुर्‍याएको छ। मानिसहरू पनि सम्पर्कबिहीन रहेको भनिएको छ, यकिन विवरण प्राप्त भइसकेको छैन । पहिरोले माथिल्लो भेगमा खोलाहरू थुनिएर आएको लेदोसहितको बाढीले मेलम्ची बजारका घरमा क्षति पुर्‍याएको उनले बताए। ‘पानी मात्रैले होइन लेदोसहित बाढी आउँदा धेरै क्षति पुगेको छ। लेदोले नदी आसपासका घरहरू पुरिएका छन्।

मेलम्ची खानेपानी ड्याममा केही क्षति पुगेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारका घरहरूमा क्षति पुगेको छ।नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएको छ। उनले पीडितहरूलाई आजै सरकारले राहत उपलब्ध गराउने पनि बताएका छन्।