बाबुराम भट्टराईले लिम्पियाधुरा समेटिएको नक्सा हेर्नै सक्तैनन् : सूर्य थापा

३१ जेष्ठ २०७८, सोमबार १२:२७

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका नेता सूर्य थापाले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लिम्पियाधुरा समेटिएको नक्सा हेर्न नसकेको आरोप लगाएका छन् ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. भट्टराईले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा सरकारले नेपालको लिम्पियाधुरा समेटिएको नयाँ नक्सामा थपिएको भाग तौलियाले छोपेका थिए । जसको कारणा थापाले बाबुराममाथि काउन्टर अट्याक गरेका हुन् ।

सोही विषयलाई लिएर थापाले नयाँ नक्सा डा. भट्टराईले हेर्नै नसकेको जनाएका हुन्  । थापाले पूर्वप्रधानमन्त्रीहरूको विज्ञप्ति पनि ढोंग भएको बताएका छन् ।

थापाले डा. भट्टराईका पछिल्ला भनाइ र गतिविधिले उनी ढाेंगी रहेको देखाएको बताए । उनले ढोंग, पाखण्डीपन र अभिनयको पर्दा यसरी नै च्यातच्यूत भइरहेको पनि उल्लेख गरे ।

थापाले लेखेका छन्, ‘लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा हेर्नसम्म नसकेको उहाँको यो तस्बिर र दीपक मनाङे बारेका असंगत धारणा देख्दा डा.बाबुराम भट्टराईले आफूलाई आज कहाँनेर उभ्याउनुभएको छ ? सहजै बुझिन्छ ।’