नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीले पाएनन् चार महिनादेखिको तलब

३१ जेष्ठ २०७८, सोमबार ११:२३

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरुले  चार महिनादेखि तलब पाएका छैनन् । कोरोनाका बेला फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीले चार महिनादेखि तलब नपाउनु खेदको विषय हो । यसका कारणा हाल त्यहाँका कर्मचारीहरू   छन् ।

सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्तालगायतको माग राख्दै आन्दोलनमा उत्रिएका हुन् ।

असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका हाम्रा माग पूरा गर्नुपर्ने उनीहरूको माग छ । यो कार्यान्वयन  नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्ने पनि कर्मचारीहरू बताउँछन् । उनीहरूको फागुनदेखिको तलब भत्ता रोकिएको छ ।

स्वास्थ्यकर्मीले हामी आन्दोलनमा उत्रिए पनि अस्पतालको नियमित काममा भने असर नपार्ने बताएका छन् ।

कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी, सफाइकर्मी लगायतले तलब नपाएको कर्मचारी संगठनकी महासचिव रत्ना गिरी बताउँछिन्  । ‘कोभिडमा ड्युटी गर्नुपर्छ, घर नजानुस्’ भनेर काम लगाएको व्यवस्थापन पक्षले अहिले तलब भत्ता नदिंदा कर्मचारीहरु मर्कामा परेको उनले बताइन् ।