संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ४६ जनाको मृत्यु

३० जेष्ठ २०७८, आईतवार १७:२६

काठमाडाैं । नेपालमा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको बताइएको हो  ।

यसैगरी, पछिल्लो २४ घण्टामा देशैभर थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, भक्तपुरमा ५८ र ललितपुरमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै, पछिल्लो २४ घण्टामा थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् ।