
काठमाडौं । लगातार शिलान्यासमा रमाइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि देशकै पहिलो लिक्विड अक्सिजन प्लान्टको शिलन्यास भर्चुअल माध्यमबाट गरेका छन् । यिनले शिलान्यास गरेका कतिपय प्रोजेक्टको बजेट समेत पारित भएको छैन । बजेट नै पारित नभएको प्रोजेक्टको पनि धमाधम शिलान्यास गरेर ओलीले जनता मूर्ख बनाउने काम गरिररहेका छन् । त्यसैको कडी हो लिक्विड अक्सिजन प्लान्टको शिलन्यास । शिलान्यासपछि कार्यक्रमलाई प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गरेका थिए । उनले कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको तीव्र अभाव व्यहोरेको पनि बताए । उनी नेपालका लागि प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताउँछन् । तर, उनी स्वयंले शिलान्यास गरेका कार्यक्रम कति झुट छ भनेर बताउँदैनन् ।
अक्सिजनको अचानक बढेको उच्च मागलाई सम्बोधन गर्न देशमा उपलब्ध साधन स्रोत र संरचनासमेत अपर्याप्त भएको कारण यसो गरिएको भने पनि विदेशबाट अक्सिजन नल्याइकन सुख छैन । भारतबाटसमेत अक्सिजन आयात गर्ने लगायतका काम रोकिएकै छैन । त्यस अवस्थामा सरकारले देश भित्रै अक्सिजनको पर्याप्त उत्पादन गर्ने सोच राख्दै हरेक १ सय शय्या भन्दा बढी भएका अस्पतालले अनिवार्य रुपमा आफैंले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था समेत ल्याएको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् । यसले प्रधानमन्त्री छद्म काम गर्न कम छैनन् भन्ने बुझिन्छ ।
