भ्याक्सिन दिएर जनता बचाउनुभन्दा निषेधाज्ञामै मजा मानिरहेको छ स्थानीय सरकार

३० जेष्ठ २०७८, आईतवार १५:५९

पर्सा । पर्सामा फेरि पनि निषेधाज्ञा थपिएको छ । जारी भइरहेको निषेधाज्ञालाई एक साता थप गरी  असार ६ गते मध्यरातिसम्म पुर्‍याएको हो  । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए अनुसार कोरोना संक्रमण फैलिन नदिनका लागि एक साता निषेधाज्ञा थपिएको हो  । यसले  भ्याक्सिन दिएर जनता बचाउनुभन्दा निषेधाज्ञामै मजा मानिरहेको छ स्थानीय सरकार भन्ने बुझाउँ छ ।

खाद्यवस्तु, तरकारी, दुग्ध पदार्थ, फलफुल लगायतका अत्यावश्यक सामग्रीका पसल भने बिहान १२ बजेसम्म खुल्न पाउने भएको छ । यसअघि बिहान ८ बजेसम्म मात्रै खोल्न पाइएको थियो  । पर्सामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको हो  ।