
गण्डकी । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नयाँ सरकार लामो समय नटिक्ने बताएका छन् । आइतबार बिहान पत्रकार सम्मेलन गर्दै गुरुङले अहिले बनेको गठबन्धन सरकार पूर्व र पश्चिमबाट मिलेर बनेकाले त्यसको लमो समय नटिक्ने र त्यसको भविष्य पनि नरहेको बताएका हुन् ।
उनले शनिबार गठबन्धनका सांसदले गरेको क्रियाकलापप्रति असन्तुष्टि समेत जनाए । ‘दाबी गरिसकेपछि घेराबन्दी गर्नु जरुरी थिएनँ। मुख्यमन्त्रीलाई त्यहीबाट गलत्याउनुपर्छ भनि जंगली व्यवहार प्रदर्शन गरियो, उनले भने । साथै उनले मुख्यमन्त्रीमा आफुले पनि दाबी गरेको बताए । उनले भने, ‘१६८ (५) अनुसार सभामुख बाहेक सबैले दाबी पाउछन् । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हुँ, २७ जनाको नाम दिएको हो ।’ यता प्रदेश प्रमुखले सीता पौडेलले भने एकल दाबी भएकाले मुख्यमन्त्रीमा कांग्रेस कृष्णचन्द्र नेपाली पाेखरेललाई नियुक्त गरेको विज्ञप्ति निकालेकी थिइन् ।
