
पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेका छन् । उनको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम ल्याउने र पूर्व मुख्यमन्त्रीलाई पनि सुविधा उपलब्ध गराउने निर्णय निर्णय गरेको हो ।
राज्यको सम्पत्ति दोहन गर्ने यस्तो निर्णय घातक छ । बैठकले गण्डकी प्रदेश सरकारको प्रवक्ताको रुपमा विना विभागीय मन्त्री कुमार खड्कालाईसमेत नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले संघको सुविधासमेत हेरेर पुर्व मुख्यमन्त्रीको सुविधा तोक्ने प्रवक्ता खड्काले बताए ।
