इजरायली प्रधानमन्त्रीका विरूद्ध संसदमा सांसदहरू मतदान गर्न एकजुट

३० जेष्ठ २०७८, आईतवार १४:२९

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा सांसदहरू मतदान गर्न एकजुट भएका छन् । विगत १२ इजरायलको वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहेका लिकुड पार्टीका नेता नेतन्याहूका विरूद्ध सांसदहरू एक जुट भएका हुन्  । प्रधानमन्त्री नेतन्याहू हटाउन  विपक्षीहरुले विचारधारात्मक मतभिन्नतालाई थाती राखी नयाँ गठबन्धन नै निर्माण गरी बढिरहेका छन् ।सो गठबन्धनले  देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका र प्रतिगमन गरिरहेका नेतन्याहूलाई विस्थापित गर्ने उद्देश्य लिएका छन् ।

इजरायली संसद, जसलाई नेसेट भनिन्छ, ले प्रधानमन्त्री नेतन्याहूलाई विस्थापित गर्न नसके संसदको निर्वाचनमा देश होमिनु पर्नेछ । सन् २०१९ यता इजरायलमा चार पटक संसदीय निर्वाचन भइसकेको छ, तर कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन सकेको छैन भने गठबन्धन निर्माण पनि हुन सकेका छैनन् । भ्रष्टाचारको आरोप खेपिरहेका भएका प्रधानमन्त्री नेतन्याहूले उक्त आरोपलाई विपक्षीहरुले अनावश्यक उछाली रहेको बताउँदै  आएका छन् ।  उनले स्वयं पनि कुनै भ्रष्टाचारका कार्यहरुमा संलग्न नरहेको दाबी गरेका छन् ।