भालुपहाडमा पहिरो खस्दा सवारी साधन बाटोमै अलपत्र

३० जेष्ठ २०७८, आईतवार १०:४०

स्याङजा । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा पोखरा सडकखण्डस्थित भालुपहाडमा पहिरो खस्ने क्रम जारी रहेको छ ।गए रातिदेखि परेको अविरल वर्षको कारण माथिबाट खसेको पहिरोले गर्दा राति २ बजेदेखि याातायात अवरुद्ध भएको हो ।सडक अवरुद्ध हुँदा रुपन्देही, पाल्पा र पोखराबाट राजगार्ग हुँदा पहाडि जिल्लामा आउने र तराई जाने सम्पूर्ण सवारी साधन बाटोमै रोकिएका छन् ।

भालुपहाडमा माथिबाट ढुगांसहितको ठूलो पहिरो खस्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ ।पोखराबाट सडक विभागको डोजर ल्याएर सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।