
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कोरोनाको उपचार, नियन्त्रण तथा रोकथामका लागि सातै प्रदेशका इञ्चार्ज मार्फत स्वास्थ्य सामग्री पठाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।
माओवादीले एन ९५ मास्क एक लाख बट्टा, अक्सिजन जेनेरेटर २० , एन्टिजेन ६० बट्टा (कूल तीन हजार) थर्मल गन १००, अक्सिमिटर एक हजार, अक्सिजन सिलिन्डर ४० लिटरको ३०, अक्सिजन सिलिन्डर १० लिटरको १० र पिपिई सेट ७०० विभिन्न स्रोतबाट प्राप्त गरेको थियो । ती स्वास्थ्य सामग्री सम्बन्धित प्रदेश इञ्चार्ज मार्फत पठाइएको सो पार्टीले जनाएको छ । यस्तै, सर्जिकल ग्लब्स ४५ र स्यानिटाइजर २०० रहेका छन् । ती स्वास्थ्य सामग्री पार्टीको प्रवास समन्वय समितिबाट प्राप्त भएका सामग्री हुन् ।
