अर्घाखाँची शितागंगामा करेन्ट लागेर एकजनाकाे मृत्यु

२३ जेष्ठ २०७८, आईतवार १९:१३

Labeled remains of person lying in mortuary

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वडा नम्बर–१२, पिरापानीका ४७ वर्षिय विष्णु गैरेको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए ।

आफ्नै घरमा रहेको कुटानी–पिसानी मिल सरसफाई गर्ने क्रममा करेन्ट लागेर घाईते भएका गैरेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।