कृष्ण थापालाई पदबाट नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश

२३ जेष्ठ २०७८, आईतवार १६:५८

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ ।न्यायाधीश कुमार चुँडालको एकल इजलाशले थापालाई प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागेसम्म बदर गर्न अन्तरिम आदेश दिएको हो ।

सुविधा र सन्तुलनको हिसालबे अतुलनीय क्षति हुने देखिएको भन्दै अदालतले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश दिएको हो ।

राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश(आदेशसहित)
राजमो सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न सर्वोच्च अदालतको आदेश(आदेशसहित)