महतो विरुद्ध राजद्रोहको मुद्दामा सर्वोच्चमा रिट, २५ वर्षसम्म कैद सजाय माग

२३ जेष्ठ २०७८, आईतवार १२:३५

काठमाडौं । उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ ।कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गर्नु भएको हो ।उपपधानमन्त्री महतोले मन्त्रीको सपथ लगतै विवादास्पद अभिव्यक्ति दिनु भएको थियो ।