
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा)का वरिष्ठ नेता तथा उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका छन् । उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार भएको समेत दावी गरेका छन् । शनिबार राति एक विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति आफू पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन् ।
यसअघि महतोले शुक्रबार शपथ लगत्तै अन्तरवार्ता दिँदै अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए । सोही कुरा उनले पदभार ग्रहणका क्रममा पनि बताएका थिए ।
उनको अभिव्यक्तिलाई लिएर अहिले चर्को विरोध भइरहेको छ ।
शनिबार मध्यरातमा जारी विज्ञप्ति हेरौँ

