नेप्से परिसूचक हालसम्मै उच्च, एकैदिन करिब १७ अर्बको सेयर कारोबार

२० जेष्ठ २०७८, बिहीबार १५:४४

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।

आज २९ दशमलव ५५ अंकले बढेर २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।

आइतबारको रेकर्ड तोड्दै नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

हेर्नुस कुनले कमाए ? कुनले गुमाए ?