कोरोना संक्रमणका कारण जसपाका केन्द्रीय सदस्य चौधरीको निधन

२० जेष्ठ २०७८, बिहीबार १३:०१

कपिलवस्तु । कोरोना संक्रमणका कारण जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य राम विकास चौधरी (बड्कु)को निधन भएको छ ।कपिलवस्तुको बिजयनगर गाउँपालिकाका ७ निवासी चौधरीको गए राति निधन भएको हो ।विगत १ महिना देखि बिरामी भई उपचाररत रहेका चौधीरीको गए राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

कोरोना संंक्रमित रहेका चौधरीलाई श्वासप्रश्वाममा समस्या भएपछि विजयनगर गाउँपालिका ७ का वडाध्यक्ष दिनेश चौधरीले एम्बुलेन्सको व्यावस्थापन गरि उपचारको लागि कपिलवस्तु जिल्ला अस्पताल पठाउनु भएको थियो ।केही समय त्यहा उपचार भएपछि कोरोना नेगेटिभ आएपनि स्वास्थ्यमा भने सुधार आएको थिएन ।

चौधरीको स्वास्थ्य अवस्थामा सुधार नआए पछि भारतको लखनऊ स्थित शहर अस्पतालमा लगिएको थियो ।उक्त अस्पतालमा कोरोना परिक्षण गर्दा पुनः पोजेटिभ देखिएको थियो ।उहाँको उपचार कै क्रममा मृत्यु भएको जसपा केन्द्रीय सदस्य रवि दत्त मिश्राले जानकारी दिनुभयो ।