‘तपाईलाई जसपाको संसदीय दलको नेता हटाउने अधिकार कहाँ छ मैले सोध्न चाहान्छु । दलको नेता बनाउने जनता समाजवादीको कार्यालयमा हो नेकपा एमालेका कार्यालयमा होइन’ उनले भने । यादवले कारवाहीमा परेका र साधारण सदस्यबाट हटेकाहरु दलको नेता हुन नसक्ने उल्लेख गरे ।
यादवलाई दलको नेताको हैस्यतमा कार्यव्यवस्था परामर्श समितिमा राख्दा एमालेले विरोध गरेपछि विबाद नमिल्दासम्म दुबैलाई बैठकमा समावेश नगराइएको सभामुखले प्रदेश सभामा जानकारी गराएका थिए ।

