मनाङमा लगातारको वर्षापछि स्थानीय खहरे खोलामा आएको बाढीले सदरमुकाम चामेको नयाँबजार क्षेत्र जोखिममा

१५ जेष्ठ २०७८, शनिबार ०८:२०

मनाङ। हिजो दिउँसो घट्टेखोलामा आएको बाढीले ४ टहरा र एक पक्की पुल बगाएको छ । २ किलोमिटर सडक क्षतिग्रस्त बनाएको छ ।मनाङको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेलका अनुसार बाढीले केही पक्की घरहरुको जग हल्लाएको र आँगन बगाएको छ । बाढीका कारण दर्जनौ घरहरु जोखिममा परेका छन् ।

बाढिबाट विस्थापित परिवारलाई चामे गाउँपालिकाको भवन, लोकप्रिय मावि र आफन्तकोमा राखिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले उद्दार गरिरहेका छन् ।

वर्षा जारी रहेकाले जोखिम अmभै बढ्नसक्ने प्रशाशनको अनुमान छ । बाढीले गत विहिबार तिमाङखोला र स्यार्कुखोलाको काठको पुल बगाएको थियो । पुल बगाउँदा बेसीशहर–चामे सडक खण्ड अबरुद्ध बनेको छ ।