मध्यरातमा लोकतन्त्रमाथि डकैती भयो : वर्षमान पुन

८ जेष्ठ २०७८, शनिबार ००:४९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ को संज्ञा दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि पुनले सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो/ ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

यसैबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बसिरहेको छ । पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले केहीबेरमा बैठक सुरु हुने जानकारी दिए । तर, बैठकका एजेन्डाबारे आफू जानकार नरहेको मन्त्री ज्ञवालीले बताए ।