
काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचनको बिहीबार भएको मतदानमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान सुरु भएको थियो।निर्वाचन आयोगले दिएकाे दिउँसो ३ बजेसम्मकाे समयमा ९७.४० प्रतिशत मत खसेको छ। याेसँगै मतदानकाे समय सकिएकाे छ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले ४ जना प्रदेश सांसद र ५ जना स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष निर्धारित समयमा मतदान गर्न नआएको जानकारी दिए।
उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ छ। माओवादीले डा. देवकोटालाई मतदान गर्न ह्विप नै लगाएको थियो ।यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन्।आजै नतिजा सार्वजनिक गर्ने तयारी छ।प्रमुख निर्वाचन अधिकृत न्यायाधीश श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ।
