
कठमाडौं । चार दिन अघि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले अक्सिजनको चरम अभाव भएको भन्दै सहयोगका लागि सामाजिक सञ्जालमा हारगुहार गरे । त्यस लगत्तै सञ्चार माध्यमले सो विषयलाई प्राथमिकताका साथ प्रशारण गरे । चार दिन पछि अहिले अबस्था परिवर्तन आयो । अहिले ट्रमा सेन्टरमा लिक्वड अक्सिजनको आपूर्ति पछि उपचारमा सहज भएको छ ।
चारदिन अघि सहयोगको अपील गर्नु भएको ट्रमा सेन्टरका प्रवक्ता अर्जुनप्रसाद भेटवाल त्यसबेला निकै तनावमा हुनुहुन्थ्यो । आज उहाँले भन्नुभयो, अहिले अबस्था सहज भएको छ हामीले विरामीलाई औषधि पनि निःशुल्क गरेका छौं ।
अक्सिजनको अभाव समाधान भए पछि विरामीको चाप भने बढेको छ । कुल दुई सय शैया क्षमता भए पनि अहिले ११९ शैयामा विरामी राख्न सक्ने अबस्था रहेको र रहेको र सबै भरिभराउ रहेको उहाँले बताउनुभयो । सरकारले सो सेन्टरलाई कोभिड डेडिकेटेड अस्पताल बनाए पछि विरामीको चाप बढेको थियो ।
सो सेन्टरमा नौवटा भेन्टिलेटर सहितको आईसीयू बेड रहेको छ । साथै इमरजेन्सीको रेड जोनमा भेन्टिलेटर सहितका छ शैयामा पनि सबै विरामी रहेको भेटबालले बताउनुभयो ।
