
काठमाडौं । नेपाली कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ। नर्भिक अस्पतालमा उपचाररत गच्छदारकी श्रीमती निर्मलाको शनिबार बिहान निधन भएको हो ।
दुई सात अघि कोरोना पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनको बिहान उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। मिर्गौला र कलेजोको समस्यापछि उनलाई ६ महिना अघि भारतमा उपचार गरि ल्याइएको थियो।
