
काठमाडौं, । नेपालमा कोरोना संक्रमणबाट एकैदिन २०३ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।पछिल्लो २४ घण्टामा ८५२० जना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ ।योसँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
