
काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले मंगलबार सूचना सार्वजनिक गर्दै विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ ।
‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ । यसबाट आम सर्वसाधारणमा परेको असुविधाप्रति क्षमा प्रार्थी छौं,’ अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ ।
