
हेटौंडा । घरको मिटरबक्समा लगेको तार व्यवस्थापन गर्ने क्रममा करेन्ट लागेर मकवानपुरको हेटौंडामा एक दम्पतीको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–९ सिमेन्ट रोडका ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए ।स्थानीयका अनुसार मिटरबक्समा लगेको तार झोलिएका कारण तार उचाल्नका लागि तयार पारिएको फलामको पाइप प्रयोग गर्ने क्रममा हाईटेन्सन लाइनमा छुदा करेन्ट लागेको हो । मृतक दम्पतीका नाबालक छोरा र छोरी छन् ।
