सुनको मूल्य पाँच सय रुपैयाँले बढ्यो

२५ चैत्र २०७७, बुधबार १३:४४

काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बुधबार पनि बढेको छ। छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार पाँच सय रुपैयाँ थियो। महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ८७ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।