आज नया मुलुकमा २६० जना नयाँ संक्रमित थपिए

२४ चैत्र २०७७, मंगलवार १६:४७

काठमाडौं । मुलुकमा थप २ सय ६० जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार २४३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा २ सय ६० जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ सय १३ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय १३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७३ हजार ४५५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ६९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार २४३ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २२ लाख ९४ हजार ०६७ जनाको पीसीआर परीक्षण भएको छ । यसै गरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ ।