गुल्मीको मुसिकोट नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुको ३ दिने क्षमता विकास तथा अभिबृदी तालिम सम्पन्न

२२ चैत्र २०७७, आईतवार १९:०१

गुल्मी। गुल्मीको मुसिकोट नगरपालिकाको आयोजना तथा एप्पल मिडिया एण्ड एडभरटाइजिङ्ग प्रालि नयाँ बानेश्वर काठमाडौको सहजीकरणमा जनप्रतिनिधि र कर्मचारीहरुको लागि ३ दिने क्षमता बिकास तथा अभिबृदी सम्बन्धि तालिम सम्पन्न भएको छ। जनप्रतिनिधि र कर्मचारी बिच नङ्ग र मासुको सम्बन्ध रहेको र र दुबैको बुझाइमा एकरुपता आयो भने मात्रै समृद्ध मुसिकोट नगरपालिका निर्माणमा सहयोगका निमित्त यस्ता किसिमका तालीमले मह्त्वपुर्ण भुमिका निर्बाह गर्ने बताइएको छ।

तालिमको समापन सत्रमा बोल्दै नगरप्रमुख सोमनाथ सापकोटाले तालिममा सिकेका कुरा मुसिकोट नगरपालिकाको सेवा प्रवाहमा लागु गरि जनतालाइ सहज तरिकाले सेवा प्रदानमा लागू गर्न अनुरोध गर्नुभयो। जनप्रतिनिधि र कर्मचारीको पहलबाट मात्रै समग्र मुसिकोटको बिकास सम्भव रहेको बताउनु भयो।

प्रमुख प्रसासकिय अधिकृत खिमानन्द भुसालले सुसासन सत्य निष्ठा नैतिकता र सदचारको मुल मर्मलाई आत्मसात गर्दै सेवामा लाग्नु पर्न बताउनु भयो। तालिम मा राजनिती र प्रशासन, बजेट तर्जुमा कार्वन्वयन, न्यायिक सम्बन्धि, सेवा प्रवाह, सत्य निष्ठा नैतिकता र सदचार, लेखापरीक्षण बेरुजु लगायतका बिषयमा जनप्रतिनिधि र कर्मचारीलाई जानकारी गराइएको थियो।

चैत १९ गते बाट संचालित तालीम आज सम्पन्न गरिएको हो। सहभागीको तर्फबाट तालिमको उपलब्धि बारे वडा न ८ का वडाअध्यक्ष नारायण सापकोटा र बिपद ब्यवस्थापन समिती संयोजक सत्या कुमारि जिसिले मन्तब्य राख्नुभयको थियो। भने मुख्य प्रशिक्षको रुपमा प्रशासन बिज्ञ बिष्णु बहादुर थापा र प्रशिक्षक ज्ञानु अधिकारीले प्रशिक्षित  गर्नु भएको थियो । प्रशासन शाखा प्रमुख प्रकाश घिमिरेको संचालन रहेको कार्यक्रम नगरप्रमुख सोमनाथ सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो। तालीममा जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो ।