ताइवानमा रेल दुर्घटना

२० चैत्र २०७७, शुक्रबार १२:४५

ताइवानमा शुक्रबार रेल दुर्घटना हुँदा कम्तीमा ३६ जना मारिएको बताइएको छ । चार दशककै सबभन्दा ठूलो मानिएको रेल दुर्घटनामा ७२ जनाभन्दा बढी घाइते भएको त्यहाँको सेन्ट्रल न्युज एजेन्सी(सीएनए)ले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार ट्रकलाई ठक्कर दिएपछि उक्त रेल सुरुङभित्र लिकबाहिर गएर दुर्घटनामा परेको थियो । ताइेपेईबाट ताइतुङ गइरहेको उक्त रेलमा करिब ३ सय ५० यात्रु रहेको अधिकारीहरुले जनाएका छन् ।

८ वटा डिब्बा रहेको उक्त रेलका केही डिब्बा सुरुङभित्रै रहेका छन् । अझै पनि केही यात्रु भित्रै फसिरहेको र उनीहरुको उद्धार भइरहेको बताइएको छ । सामान्य घाइते भएका ६१ यात्रुलाई भने अस्पताल लगिएको सीएनएले जनाएको छ ।