
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्दैछन् ।नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् ।
नेता योगेश भट्टराईका अनुसार दिउसो स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको छ ।बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुनेछ । यसअघि सोमबार नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको स्रोत बताउँछ ।
