भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १८८ जनाको मृत्यु

८ चैत्र २०७७, आईतवार १०:५३

काठमाडौं । भारतमा २४ घण्टामा कोरोनाका कारण १८८ जनाको मृत्यु भएको छ । सोही अवधीमा भारतमा ४० हजार ९५३ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा हालसम्म कोरोनाका कारण १ लाख ५९ हजार ५५८ जनाको मृत्यु भइसकेको छ । १ करोड १५ लाख ५५ हजार २८४ जनामा कोरोना संक्रमण भइसकेको तथ्यांकमा उल्लेख छ ।

भारतमा पछिल्लो केही समय यता पुनः कोरोना संक्रमण बढेको तथ्यांकले देखाएको छ । यसलाई भारतमा कोरोना संक्रमणको दोस्रो लहर भनिएको छ ।