मैले बोलाएको बैठक आधिकारिक हो : प्रधानमन्त्री ओली

१ चैत्र २०७७, आईतवार २०:४५


काठमाडौ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार आफूले बोलाएको एमाले केन्द्रीय समिति बैठक आधिकारिक भएको बताएका छन् ।

उनले पार्टीको माधव नेपाल समूह सम्पर्कमा नआएको भन्दै आगामी चैत ७ गतेको बैठकमा सहभागी हुने विश्वास गरे ।

आइतबार राति पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तरवार्तामा तपाईँले बोलाएको बैठक गुटको हो कि आधिकारिक ? भन्ने प्रश्नमा ओलीले भने, ‘मैले बोलाएको, पार्टीका महासचिवले बोलाएको बैठक बहुमत केन्द्रीय सदस्य सहभागी बैठक, मात्र केही केन्द्रीय सदस्य आइनपुगेको बैठक मात्र हो । सबैलाई बोलाइको बैठक हो, सबैलाई बोलाइन्छ नि । ७ गतेको बैठकमा फेरि पनि म भन्छु सुनिएन भन्न पाइँदैन ।’

उनले सर्वोच्चको २३ गतेको फैसलाको एक साता बितिसक्दा पनि नेपाल समूह छलफलका लागि नआएको पनि बताए ।