एमाले सिन्धुमा ताला फोर्ने प्रतिस्पर्धा

१ चैत्र २०७७, आईतवार २०:४०

सिन्धुपाल्चोक । सर्वाेच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र साविक अनुसार नै हुने फैसला गरेको तीन दिनपछि अर्थात फागुन २५ गते ओली निकट एमालेले तत्कालिन नेकपा जिल्ला कार्यालयमा नेकपाको बोर्ड हटाउदै एमालेको बोर्ड राख्यो ।

एमाले र माओवादी केन्द्र एक भएर नेकपा बनेपछि तत्कालिन एमाले जिल्ला कार्यालयलाई नेकपाले आफ्नो जिल्ला कार्यालय बनाएको थियो । एमालेको स्वामित्वमा रहेको जिल्ला पार्टी कार्यालयलाई नेकपाले आफ्नो पार्टी कार्यालय बनाएर सञ्चालन गर्दे आएको थियो ।

अदालतले पुर्ववत रुपमा पार्टी फरक फरक हुने फैसला गरेपछि ओली निकट एमालेले नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड राखेर कार्यक्रम समेत आयोजना गरेको थियो ।

ओली निकट एमालले आफ्नो बोर्ड राखेको ठिक एक सातापछि माधव भलनाथ समुहको एमालेले यस अघि ओली समुहले राखेको बोर्ड हटाउँदै आइतबार एमालेको बोर्ड राखेको छ ।

कार्यालयमा लगाएको चाबी माग्दा नदिएपछि ओली निकटका कार्यकर्ताहरुले गेटमा लगाएको ताला फोरेर अर्काे ताला लगाएका थिए । ‘हामीले चाबी माग्दा दिएनन् त्यही भएर प्रहरीको रोबरमा ताला फुटाएर अर्काे ताला लगाएका थियौ ।’ ओली निकट एमाले जिल्ला अध्यक्ष बालकृष्ण देउजाले भने ।