बढ्यो सुनको मूल्य, कति छ आज ?

१ चैत्र २०७७, आईतवार १३:४९
काठमाडौं । आइतबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ८६ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ८६ हजार १५० सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको भाउ तोलाको ८६ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
यसैगरी, तेजावी सुनको भाउ तोलाको ८५ हजार ७५० सय रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ७० रुपैयाँ कायम भएको थियो ।